काठमाडौं । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित हासिल गरेको छ ।

सोमबार भएको खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको हो । नेपालले दिएको १५५ रनको लक्ष्य पछ्याएको होबार्ट १८.३ ओभरमा ११५ रनमा अलआउट भयो ।

होबार्टका लागि नितेश सामुयलले सर्वाधिक ३७ रन बनाए । टिम वार्डले २३, निवेथन राधाकृष्णनले २० रन बनाए ।

नेपालका लागि नारायण जोशीले ३ विकेट लिए भने पवन सर्राफ र शाहब आलमले २-२ तथा बिपिन खत्रीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ए ले २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । अनिल साहले २८ तथा लोकेश बमले अविजित २० रन बनाए ।

होबार्टका राफ म्याकमिलनले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । मार्कस बिनले २ तथा ब्राड्ली होप र निवेथन राधाकृष्णनले १-१ विकेट लिए ।

यसअघि नेपालले सुरुवाती दुई खेलमा हार बेहोरेको थियो ।

नेपालले आफ्नो चौथो खेलमा बुधबार एसीटी कोमेट्ससँग खेल्नेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय