काठमाडौं — त्रिभुवन विश्वविद्यालय (TU) का विद्यार्थीहरूले परीक्षा तयारी र दैनिक जीवनका समस्याबीचको संघर्षलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गर्दै सिंहदरबार अगाडि प्रदर्शन गरेका छन्।

विद्यार्थीहरूले ‘परीक्षाको तयारी गर्नु कि ग्यासको लाइनमा बस्नु ?’ भन्दै हातमा परीक्षा प्रवेशपत्र र खाली ग्यास सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन्।

पढाइ र परीक्षाको तयारीमा केन्द्रित हुनुपर्ने विद्यार्थीहरू दैनिक उपभोग्य वस्तुको अभाव तथा ग्यासका लागि लाइन बस्नुपर्ने अवस्थाबाट प्रभावित भएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले परीक्षा प्रवेशपत्र र खाली ग्यास सिलिन्डर सँगै प्रदर्शन गर्दै विद्यार्थीको शिक्षा र दैनिक जीवनसँग जोडिएका समस्याप्रति राज्य गम्भीर बन्नुपर्ने माग गरेका थिए।

विद्यार्थीहरूको यो प्रदर्शनले शिक्षा, रोजगारी र दैनिक उपभोग्य वस्तुको सहज उपलब्धतासँग सम्बन्धित समस्या एकैपटक उठाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय