काठमाडौं । जापानको आइची–नागोयामा जारी एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबलमा नेपालले पहिलो खेलमै जापानसँग सोझो सेटमा हार बेहोरेको छ ।

नेपाल जापानसँग २५–८, २५–१२ र २५–११ ले पराजित भयो । एफआईभीबी विश्व वरियतामा महिलातर्फ छैटौं स्थानमा तथा एसियाको शीर्षस्थानमा रहेको जापानसामू नेपाल निरीह देखिएको थियो ।

नेपालले अब प्रतियोगिताको दोस्रो खेल इन्डोनेसियासँग बिहीबार खेल्नेछ । यदि उक्त खेल जितेमा नेपालको क्वाटरफाईनल सम्भावना बाँकी हुनेछ भने पराजित भएमा क्लासिफिकेसन म्याच खेल्नुपर्नेछ ।

एफआईभीबी वरियतामा नेपाल ६९औं स्थानमा छ भने इन्डोनेसिया ५३औं स्थानमा छन् ।एसियाली वरियतामा इन्डोनेसिया नवौं र नेपाल ११औं स्थानमा छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय