काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकको बस स्टप अगाडि बसमा आगलागी भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गरे ।
‘बस आगलागी भएको भन्ने खबर आएको छ । किन, कसरी आगलागी भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ’ एसपी सुवेदीले भने ।
बसबाट चालकलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । बा ५ ख ४२७३ नम्बरको बसमा आगलागी भएको हो । अन्य यात्रुहरु भने बसमा नरहेको प्रहरीले जनाएको छ ।








