भदौ १० गते लेन्देखोला हुँदै भोटेकोशी नदिमा आएको बाढीका कारण क्षतिग्रस्त गोसाइँकुण्ड गाउँपालिका–२ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय पूर्णरुपमा क्षतीग्रस्त छ।

विनाशकरी बाढीले सिमानाकामा रहेको सो विद्यालयबाट २५ जना विद्यार्थी बेपत्ता छन्। विद्यार्थीहरू बचेका अभिभावकहरूसँग काठमाडौंमा होल्डिङ सेन्टरमा बस्दै आएका छन्। नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक पुर्पुदोर्जे घलेका अनुसार गोसाइकुण्ड गाउँपालिका–२ टिमुरे गाउँबस्ती र बजार पुरै ध्वस्त भएको छ। गाउँका ७७ महिला र ६८ पुरुष गरी १४५ जना र बिभिन्न समयमा बसाइ सराइ गरेर आएका ५८ जना समेत गरी २०३ जना बेपत्ता छन्।

विद्यालय आएका १० जना मात्र सम्पर्कमा आएका छन्। २५ जना विद्यार्थी बेपत्ता छन्। विद्यालयका शिक्षक रामचन्द्र बिक, सन्तोष श्रेष्ठ, हिमानसिं तामाङ, कविता न्यौपाने, कान्छी घले र सोनाम बुरी तामाङ बेपत्ता छन् । शिशुदेखि ८ कक्षासम्म अध्यापन हुने सो विद्यालयमा सबैभन्दा धेरै शिशु कक्षाका १० जना विद्यार्थी हराएका छन् ।

गोसाइकुण्ड गाउँपालिका–२ मा नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा २५ जना विद्यार्थीहरू बेपत्ता छन्। गोसाइकुण्ड गाउँपालिका–२ मा धेरै संरचना ध्वस्त भएको छ । चीन सरकारले बनाएको २८ कोठे नयाँ सुविधा युक्त भवन पूर्ण रुपमा क्षती भएपछि त्यहाँ पठन पाठन गराउन कठिन भएको छ । नेपाल राष्ट्रिय आधारभूत विद्यालय बाहेक अरुमा पठनपाठन सुरु भएको जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख दुर्गा सिलवालले बताए।

नेपाल राष्ट्रिय आवि टमुरेका प्रधानाध्यापक फुर्पुदोर्जे घलेले भने ‘धेरै आफन्त गुमे बचेकाहरू १/२ सेकेन्डले बाँचेका छन्। विद्यालयका ३५ जना विद्यार्थी मध्ये २५ जना विद्यार्थी, ३ शिक्षक र ३ शिक्षिकाहरू बाढीमा बेपत्ता भएका छन् । आफ्नो ठाउँमा मान्छे फर्कन चाहेको छ तर वातावरण सरकारले बनाउनुपर्छ।,’ प्रारम्भीक तथ्यांक अनुसार जिल्लाभरका २ सय ८५ जना विद्यार्थी बेपत्ता भएका छन्। यसमध्ये सबैभन्दा धेरै विद्यार्थी नीलकण्ठ मावि उत्तरगया–५ बाट १ सय ५० जना विद्यार्थीहरू बेपत्ता छन्।

बाढीका कारण गोसाइकुण्ड गाउँपालिकामा सरकारी कर्मचारीहरु, जनप्रतिनिधि  शिक्षक तथा स्थानीय धेरै बेपत्ता छन्। विदेशी नागरिक २ सय ९०, रसुवाका २६७४, जिल्ला बाहिरका २८३४, कर्मचारी, सुरक्षाकर्मी गरी ३७९८ जना बेपत्ता रहेका छन्। हालसम्म १४६१ जनाको उद्धार भएको छ। जिल्लामा रहेका ९ वटा होल्डिङ सेन्टरमा २ सय जना रहेका छन् । पक्कीपुल ६, झोलुङ्गे पुल १०, आर्च पुल १, बेली/ट्रस ब्रिज ८ वटा पुर्ण रुपमा क्षती भएको छ। विद्यालय, वडा कार्यालय, गाउँ बगर बनेको छ । पुल छैन , सडक छैन। २०७८ सालको जनगणना अनुसार टिमुरे गाउँमा १६३ घरमा ५५० जनसंख्या थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय