काठमाडौं । गायक प्रकाश सपूतले नयाँ दिल्लीका मुख्यमन्त्री रेखा गुप्तालाई नेपाल घुम्न निम्तो दिएका छन् ।

हाम्रो स्वाभिमान ट्रष्ट दिल्लीले आइतबार आयोजना गरेको तीज विशेष कार्यक्रमका अवसरमा नयाँ दिल्ली पुगेका सपूतले मुख्यमन्त्री गुप्तासहित संस्कृति मन्त्री केशव मिश्रलाई नेपाल भ्रमणका लागि निम्तो दिएका हुन् ।

‘नेपाल अहिले विपद्को पीडा विस्तारै बिर्सिदै उठ्न थालेको छ, फेरि पुरानै लयमा हिँड्न थालेको छ, नेपाल घुम्नका लागि सुरक्षित छ,’ सपुतले मुख्यमन्त्री, मन्त्रीका अघि गीत प्रस्तुत गर्ने क्रममा एक ब्यानर हस्तान्तरण गर्दै सपूतले भने, ‘नेपालको पर्यटन, धार्मिक, सांस्कृतिक भाइचाराका हिसाबले छिमेकी भारतको साथ, सहयोग महत्वपूर्ण छ, अब नेपाल घुम्न आएर सुरक्षित र सम्भावना भएको देशको सन्देश विश्वव्यापी रुपमा फैलाउन सहयोग गर्नुहोस् ।’

दिल्लीका मुख्यमन्त्री रेखा गुप्ताले नेपाल भारतबीच एकअर्काको संस्कृति आदानप्रदान गर्न पाउँदा खुसी लागेको बताए । उनले दुई देशको आपसी सम्बन्ध लामो जाने बताइन् ।

बाबा रामदेव, बालकृष्ण आचार्य लगायतको समेत सहभागिता रहेको कार्यक्रममा मुख्यमन्त्री गुप्ता सपुतको गीत सुनेर बाहिरिएकी थिइन् ।

दिल्ली सरकारको सहयोगमा हाम्रो स्वाभिमान ट्रष्टले हरेक वर्ष तीजका अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको छ । हरितालिका तीज भाद्र २९ गते भए पनि भारतको नयाँ दिल्लीमै ब्रिक्स सम्मेलनको कारण कार्यक्रम केही दिन पछि सारिएको थियो ।

सपूतको उक्त कार्यक्रममै तेस्रो पटक सहभागिता हो । सपूत पहिलो पटक सोही कार्यक्रममा जाँदा स्वामी रामदेवले नेपालको ‘शाहरुख खान’ भनेको भिडियो सामग्री र समाचारले चर्चा पाएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय