काठमाडौँ । अभिनेता निखिल उप्रेतीको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्म ‘आचार्य’ को बलिउड मिडियामा समेत चर्चा हुन थालेको छ । शनिबार सार्वजनिक फिल्मको ट्रेलरलाई लिएर भारतका विभिन्न क्षेत्रका फिल्म पत्रकार तथा दर्शकले सामाजिक सञ्जालमार्फत ‘आचार्य’ को ट्रेलरबारे आफ्ना प्रतिक्रिया सार्वजनिक गरिरहेका छन् ।

विशेष गरी दक्षिण भारतदेखि भारतका अन्य फिल्म क्षेत्रसम्म नेपाली फिल्मको बदलिँदो स्तरबारे चर्चा हुन थालेको निर्माण पक्षले जनाएको छ ।सामाजिक सञ्जालमा सार्वजनिक भएका विभिन्न भिडियो तथा प्रतिक्रियामा ‘आचार्य’ को ट्रेलरको एक्सन, प्रस्तुति, प्राविधिक पक्ष तथा निखिल उप्रेतीको उपस्थितिबारे चर्चा गरिएको देखिन्छ । ट्रेलर सार्वजनिक भएपछि नेपालमा पनि यसको एक्सन, निखिलको कम ब्याक शैलीको प्रस्तुति तथा फिल्मको निर्माण स्तरलाई लिएर चर्चा भइरहेको छ ।निखिलकै होम प्रोडक्सनको ब्यानरमा बनेको फिल्म यही ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा निखिलको अलवा दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय  छ । पूर्णिका सिजापतिले यही फिल्ममार्फत नव–नायिकाका रूपमा डेब्यु गर्दैछिन् भने सजिना श्रेष्ठले पनि ‘आचार्य’बाटै अभिनयमा डेब्यु गरेकी छन् ।फिल्ममा बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरीसँगै ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका बास्तोला लगायत कलाकारको अभिनय छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय