काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालेन शाह नेतृत्वको सरकारको आलोचना गर्दै बेलीब्रिजको सामान नै नआई पुल बन्यो भनेर हल्ला चलाइएको आरोप लगाएका छन्।

पार्टीको केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले भदौ १० को विपद्का बेला राज्य स्तरबाटै जनतामा भ्रम र अफवाह छरिएको दाबी गरे। ‘सरकारको अक्षमता, अकर्मण्यता र राज्यका साधन स्रोतहरूको दुरुपयोग आम जनताले देखेका छन्।अफवाह कसरी राज्यस्तरबाट फैलाइयो, ती कुरा पनि देखिएको छ,’ ओलीले भने, ‘बेलीब्रिज नबन्दै, सामान नै नआई बेलीब्रिज बन्यो भनेर हल्ला चलाइयो। तयारी बेलीब्रिजको एआईबाट बनाइएको नक्सा वितरण गरियो।’उनले पुल निर्माणका नाममा फोटो खिचाउने र भ्रम छर्ने काम मात्र भएको टिप्पणी गरे। ‘एउटा खोलाको बेलीब्रिजलाई त्रिशूलीमा राखियो भनेर प्रचार गरियो। पछि अर्कै खोलामा राखियो तर त्रिशूलीमा बेलीब्रिज भन्दै फोटो खिचियो,’  ओलीले कटाक्ष गर्दै भने, ‘त्रिशूलीमा अहिलेसम्म पनि बेलीब्रिज हालिएको छैन, त्यहाँ छँदै छैन।सरकार जनताको दुःखमा साथ दिन पूर्ण रूपमा चुकेको आरोप लगाउँदै ओलीले बागमती प्रदेश सरकार र स्थानीय तहहरूले भने आफ्ना सीमित स्रोत र साधनका बाबजुद उद्धार तथा राहतमा राम्रो काम गरेको भन्दै धन्यवाद दिए। एमालेका स्वयंसेवकहरूले विपद्का बेला जनताको पीडामा मलम लगाउन नमुनायोग्य काम गरेको उनको भनाइ थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय