काठमाडौँ — आज इस्लाम धर्मावलम्बले ईद मनाउँदै छन् । ईद पर्वका अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।






