१८ असार, काठमाडौं । जुत्ता, पाइन्ट साडीलगायतका कपडा भन्दै अमेरिका पठाउन लागिएको कार्गो बाक्साबाट सुनका गरगहना बरामद भएका छन् ।

यो प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा एपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गो झापा, बौछका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाल रहेको विमान सुरक्षा प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालले बताए ।

कपडा भन्दै सुनका गहना अमेरिका पठाउन लागिएपछि दुई जनालाई पक्राउ गरिएको हो ।

यी सामानहरु युनिक कार्गो र एपेक्स लजिस्टिकमार्फत अमेरिका पठाउन लागिएको थियो । प्रहरी स्रोतका अनुसार यी सामानहरु भन्सार जाँचपास सेमत भएको थियो । भन्सार पास भएर आएपछि पनि एक्स–रे जाँचका क्रममा यी गरगहना फेला परेका हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय