गोरखा, ७ भदौ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको संस्थागत क्षमता मूल्याङ्कन (लिजा) मा भिमसेनथापा गाउँपालिका अग्रस्थानमा पुगेको छ।

८७.७५ अंकसहित गण्डकी प्रदेशमा तेस्रो र गोरखा जिल्लामा पहिलो स्थानमा पुगेको यो पालिका माओवादी केन्द्रको नेतृत्वमा सञ्चालन हुँदै आएको छ।

विकास–निर्माण, सेवा प्रवाह, सुशासन, पारदर्शिता लगायतका सूचकमा प्राप्त प्रगतिको जगमा यो उपलब्धि सम्भव भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जारा अक्कलले भने,
👉 “यो गौरव कुनै एक व्यक्तिको होइन, सम्पूर्ण भिमसेनथापा गाउँवासीको संयुक्त योगदान र प्रतिबद्धताको परिणाम हो।”

यस उपलब्धिसँगै भिमसेनथापा गाउँपालिका अब गण्डकी प्रदेशमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय