काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी चाँडै दुई दलसँग एकता प्रक्रियामा जाने बताएका छन्।
बिहीबार काठमाडौंमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले नेकपा (एकीकृत समाजवादी) र नेकपा (विप्लव समूह) सँग पार्टी एकताको तयारी भइरहेको खुलासा गरेका हुन्। बैठकपछि सहभागी एक नेताले प्रचण्डको भनाइ उद्धृत गर्दै भने, “माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता हुन्छ।”
प्रचण्डले दुवै पार्टीका नेताहरूसँग निरन्तर संवाद भइरहेको जानकारी गराउँदै निकट भविष्यमै एकताले मूर्तरूप लिने विश्वास व्यक्त गरेका छन्। उनले विगतमा पनि वामपन्थी शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्दै आएको स्मरण गराइयो।
यसैबीच, प्रचण्डले बिहीबार विप्लवसँग संसद भवनमा समेत भेटवार्ता भएको बैठकमा जानकारी दिएका थिए।

Screenshot






