गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड समिट २०२६ मा विकास बैंक समूहतर्फ ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित भएको छ
।
कर्पोरेट बिजनेस म्यागजिनद्वारा मिति २०८३ आषाढ ४ गते, बिहीबार काठमाडौंको होटल र्याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड एण्ड समिटको अठारौं संस्करणमा यस विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।
अवार्ड वितरण कार्यक्रमका विशेष अतिथि तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय हरी ढकालले यस विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत श्री अनिल रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गर्नुभएको हो ।
उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा विभिन्न व्यवसायिक संघसंस्थाहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यस सुखद अवसरमा यस विकास बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरु, शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु एवं शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं ।



