काभ्रे । प्रधानमन्त्रीको नेपाललाई “Destination Wedding Hub” का रूपमा विकास गर्ने पहललाई थप बल पुग्ने गरी काभ्रेको नमोबुद्ध नगरपालिका–१० स्थित Baseri Farm Stay & Retreat मा एक विदेशी जोडीले नेपाली हिन्दू परम्पराअनुसार विवाह गरेका छन्।

अमेरिकाका डारेन र इजिप्टकी एम्मा नेपाल भ्रमणका क्रममा बसेरी फार्मस्टे पुगेका थिए। यहाँको प्राकृतिक सौन्दर्य, शान्त वातावरण, स्थानीय संस्कृति र आत्मीय आतिथ्यबाट प्रभावित भएपछि उनीहरूले आफ्नै विवाह नेपालमै, त्यो पनि नेपाली हिन्दू परम्पराअनुसार गर्ने निर्णय गरेका हुन्।

गत २० जुन २०२६ मा सम्पन्न विवाह समारोह भव्य र उल्लासपूर्ण बनेको थियो। परम्परागत नेपाली संस्कृतिअनुसार सम्पन्न विवाहमा स्थानीय संस्कृति झल्किने नाचगान, सांस्कृतिक प्रस्तुति, बाजागाजा तथा स्वादिष्ट नेपाली परिकारसहितको भोजको विशेष आकर्षण रहेको थियो। समारोहले गाउँभरि उत्सवमय माहोल सिर्जना गरेको थियो भने स्थानीयवासीहरू समेत खुसीयालीमा सहभागी बनेका थिए।

यस विवाहले काभ्रेको नमोबुद्ध–१० स्थित Baseri Farm Stay & Retreat लाई अन्तर्राष्ट्रिय स्तरमा एक आकर्षक Destination Wedding स्थलका रूपमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएको स्थानीयहरूको विश्वास छ। प्राकृतिक सौन्दर्य, शान्त वातावरण, मौलिक नेपाली संस्कृति, आत्मीय आतिथ्य तथा परम्परा र आधुनिक सुविधाको उत्कृष्ट संयोजनका कारण Baseri Farm Stay & Retreat विदेशी तथा स्वदेशी जोडीहरूका लागि विवाह, हनिमुन र विशेष समारोह आयोजना गर्न उपयुक्त गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। यससँगै नेपाल केवल घुम्न आउने देश मात्र नभई जीवनका अविस्मरणीय क्षणहरू मनाउने उत्कृष्ट गन्तव्यका रूपमा पनि अन्तर्राष्ट्रिय स्तरमा स्थापित हुँदै गएको सन्देश यस विवाहले दिएको छ।

पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी, संस्कृति संरक्षण र ग्रामीण अर्थतन्त्रलाई टेवा पुर्‍याउने यस्ता गतिविधिले नेपालको पर्यटन क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय