काठमाडौं :  फिफा विश्वकप २०२६ अन्तर्गत समूह जे को ७० औँ खेलमा बलियो टोली अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सहज र सानदार जित दर्ता गरेको छ।

यस प्रतिस्पर्धात्मक खेलमा जोर्डनले दोस्रो हाफमा केही कमब्याकको प्रयास गरे पनि अर्जेन्टिनाको बलियो आक्रमणसामु त्यो पर्याप्त हुन सकेन। अर्जेन्टिनाले खेलको सुरुवातमै दबदबा बनाएको थियो।

१९ औँ मिनेटमा जियोभानी लो सेल्सो र ३१ औँ मिनेटमा लाउटारो मार्टिनेज ले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याएका थिए।

दोस्रो हाफमा जोर्डनले आक्रामक रणनीति अपनायो। खेलको ५५ औँ मिनेटमा जोर्डनका स्टार खेलाडी मुसा अल–तामारीले उत्कृष्ट गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएर खेलमा रोमाञ्चकता थपे।

खेलको ६०औँ मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका अर्जेन्टिनाका स्टार लियोनल मेसीले खेलको ८० औँ मिनेटमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको ३–१ को जित निश्चित गरे।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय