काठमाडौं : फुटबलका जादुगर लियोनेल मेस्सीको जन्मदिनको विशेष अवसर पारेर DGO र हिमालयन स्पोर्ट्सले फुटबल फ्यानहरूका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो र आकर्षक उपहार योजना सार्वजनिक गरेका छन्।

अनधिकृत तथा पाइरेटेड स्ट्रिमिङ प्लेटफर्महरूलाई निरुत्साहित गर्दै दर्शकहरूलाई आधिकारिक च्यानलबाट फिफा विश्वकप २०२६ को उत्कृष्ट अनुभव दिलाउन फाइनल फिफा वर्ल्डकप २०२६ अल्टिमा सबस्क्राइबर्स गीभवे अभियान संचालन गरिएको हो।

यस अभियान अन्तर्गत DGO एपमार्फत सिधै ‘सिजन पास’  वा ‘मोबाइल पास’ खरिद गर्ने ग्राहकहरूले लियोनेल मेस्सीद्वारा हस्ताक्षरित अर्जेन्टिनाको आधिकारिक जर्सी लगायतका बम्पर उपहारहरू जित्न सक्नेछन्।

लियोनेल मेस्सीको हस्ताक्षरित जर्सी (विशेष गरी सेमिफाइनलको रोमाञ्चक चरणमा उपलब्ध गराइने) जनाइएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय