यस शिविरमा विशेषगरी स्त्रीरोग तथा महिलाहरूमा देखिने क्यान्सर सम्बन्धी समस्याहरूको जाँच, परामर्श तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो। वरिष्ठ चिकित्सकहरूको टोलीद्वारा सेवा प्रदान गरिएको यस शिविरमा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। 👩⚕️
साथै, कार्यक्रम सफल बनाउन मूनलाइट सोसाइटी नेपालको टिमद्वारा प्राविधिक, भौतिक तथा अन्य व्यवस्थापन सम्बन्धी महत्वपूर्ण सहयोग प्रदान गरिएको थियो। 🤝
यस कार्यक्रममा सहभागी भई सेवा लिनुहुने सम्पूर्ण स्थानीय बासिन्दा, सहयोगी संस्था, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। 🙏
“स्वस्थ महिला, स्वस्थ समाज” 🌸






