काठमाडौँःसिरहा क्षेत्र नं. १ मा खिचिएको उक्त भिडियोमा सांसद बब्लु गुप्ता बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो बनाउँदै गरेको देखिन्छ ।

भिडियो सार्वजनिक भएपछि सर्वसाधारणलाई हुने कारबाही जनप्रतिनिधिमाथि पनि समान रूपमा लागू हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गुडिरहेको मोटरसाइकलमा उभिनु ट्राफिक नियम उल्लंघन भएको बताउँदै सार्वजनिक पदमा रहेका व्यक्तिले झन् जिम्मेवार भएर कानुन पालना गर्नुपर्ने बताए ।

ट्राफिक प्रहरीका अधिकारीहरूले भने कारबाहीबारे माथिल्लो निकायसँग परामर्श गर्नुपर्ने बताएका छन् । सांसद गुप्ताले भने अनुगमनका क्रममा साथीहरूले सम्झनाका लागि भिडियो खिचेको र नबुझी सामाजिक सञ्जालमा पोस्ट भएको बताएका छन् । उनले फेसबुकमार्फत ट्राफिक नियम उल्लंघन भएको स्वीकार गर्दै जानी वा नजानी भएको गल्तीप्रति क्षमायाचना गरेका छन् ।

घटनापछि कानुन सबैका लागि समान रूपमा लागू हुन्छ कि हुँदैन भन्ने विषयमा सम्बन्धित निकायको कदमलाई लिएर सर्वसाधारणको चासो बढेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय