काठमाडौँःविराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन् । उनी नेपाल सरकारका उपसचिव हुन् ।

दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङ ३ साउनमा बुद्ध एयरको विमानमार्फत विराटनगरबाट काठमाडौं जाने क्रममा पक्राउ परेका थिए । प्रहरीले घटनाबारे जानकारी भने शुक्रबार सार्वजनिक गरेको हो । उनको झोलाबाट १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान नोट गरी कुल ६ लाख ६५ हजार रुपैयाँ बरामद भएको थियो । रकमको स्रोत खुलाउन नसकेपछि विमानस्थल सुरक्षामा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार बरामद रकमको स्रोत पुष्टि हुन नसकेकाले तामाङमाथि अनुसन्धान जारी रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय