काठमाडौंःअख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्धब भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

आयोगका अनुसार स्थायी लेखा नम्बर (पान) बन्द गर्न वडा कार्यालयबाट आवश्यक सिफारिस पत्र उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागिएको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो । आयोगको टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले भट्टराईलाई सेवाग्राहीबाट २१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा वडा कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय