काठमाडौँः सरकारले खाली रहेका २० वटा कूटनीतिक नियोगमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार आएका आवेदनहरूको अध्ययन भइरहेको छ र उपयुक्त व्यक्तिको छनोट गरी अर्को सातासम्म सिफारिस गर्ने तयारी छ ।

पहिलोपटक खुला आवेदनमार्फत राजदूत नियुक्ति प्रक्रिया अघि बढाइएको हो। करिब ३ हजारभन्दा बढी आवेदनबाट राजदूत छनोट गरिने बताइएको छ । भारत, अमेरिका, चीन, जापान, बेलायत, अस्ट्रेलिया लगायत १६ देशमा अहिले राजदूत पद रिक्त छन्। कार्यकाल सकिएपछि म्याद थपेर काम गरिरहेका इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार र राष्ट्रसंघीय नियोग भियनामा समेत नयाँ नियुक्ति गर्नुपर्ने भएकाले कुल २० स्थानमा राजदूत नियुक्ति गर्न लागिएको हो ।

राजदूत नियुक्ति राजनीतिक र करिअर दुवै क्षेत्रबाट गर्ने परम्परा रहेकाले यसपटक पनि दुवै पक्षबाट नियुक्ति गरिने तयारी छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय