काठमाडौँः सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयले गठन गरेको सहसचिव पुष्पराज शाही नेतृत्वको उच्चस्तरीय समिति अध्ययनमा जुटेको छ ।
समितिले घटनास्थलको अवलोकन, सर्वदलीय बैठक, व्यवसायी तथा मुस्लिम समुदायका प्रतिनिधिसँग छलफल गर्दै घटनाको पृष्ठभूमि, गोली चल्नुपर्ने अवस्था र गणेश यादवको मृत्युका कारणबारे तथ्य संकलन गरिरहेको जनाएको छ । साथै, आन्दोलनका क्रममा भएको भौतिक क्षतिको विवरण पनि संकलन भइरहेको छ ।
सरकारले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।






