काठमाडौँः नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया राजीनामा गर्न तीव्र दबाब खेपिरहेका बेला सोमबार राति अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमा भएको बैठकमा बोल्दाबोल्दै अचेत भएका छन् ।
स्रोतका अनुसार बैठकमा थपलियालाई नेतृत्व छाड्न दबाब दिइएको थियो । छलफलका क्रममा आफू पार्टीप्रति ५० वर्षभन्दा बढी योगदान दिएको उल्लेख गर्दै भावुक बनेका उनी बोल्दाबोल्दै बेहोस् भएका थिए । त्यसपछि सांसदहरूले उनलाई मध्यपुर ठिमी अस्पताल पुर्याएका थिए । बैठकमा बागमती प्रदेश सरकारको नेतृत्व, मुख्यमन्त्री चयन र राप्रपाको समर्थन जुटाउने विषयमा तीव्र बहस भएको बताइएको छ ।
सहभागी अधिकांश सांसदहरूले थपलियाको नेतृत्व क्षमतामाथि प्रश्न उठाएका थिए ।






