काठमाडौँः नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन् ।
उनी बिहीबार दिउँसो साढे १२ बजे थाइल्यान्ड हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते गम्भीर घाइते भएका देउवा उपचारका लागि श्रीमती आरजु राणासँगै सिंगापुर गएका थिए ।
देउवाको स्वागतका लागि कांग्रेसको संस्थापन इतर समूहका नेताहरू विमानस्थल पुगेका छन् ।






