काठमाडौँः बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
त्यसअघि उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो । जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको रिहाइको माग गर्दै पत्रकारसम्बन्धी संघसंस्थाहरूले प्रदर्शन गरिरहेका छन् ।






