काठमाडौँः मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्दै मन्त्रालयको संख्या १२ बाट घटाएर ९ कायम गर्ने तयारी गरेको छ । यसका लागि सत्ता गठबन्धनका दलबीच छलफल भइरहेको छ । स्रोतका अनुसार पुनर्गठन गर्दा नेकपाका दुई र नेकपा एमालेका एक गरी तीन मन्त्रीलाई हटाउने तयारी छ । अबको दुई–तीन दिनभित्र सत्ता गठबन्धनका नेताहरूबीच सहमति जुटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको एक मन्त्रीले बताए ।

हाल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच चार–चार मन्त्रालयको भागबण्डा छ । मन्त्रालय संख्या घटेपछि कांग्रेसले मुख्यमन्त्रीसहित चार, एमालेले तीन र नेकपाले दुई मन्त्रालय पाउने गरी भागबण्डा मिलाउने तयारी छ । मन्त्रालय संख्या घटाउन अर्थमन्त्री युवराज भट्टराईको संयोजकत्वमा गठित कार्यदलले असार १८ गते मुख्यमन्त्रीलाई ९ मन्त्रालय कायम गर्न सुझाव दिएको थियो । सुझावअनुसार विभिन्न मन्त्रालय गाभेर संख्या घटाउने गृहकार्य भइरहेको छ ।

केन्द्रमा कांग्रेस–एमाले गठबन्धनमा परिवर्तन आए पनि त्यसको तत्काल असर मधेश प्रदेश सरकारमा परेको छैन । एमाले र नेकपाबीचको समीकरणले सरकार गठनका लागि आवश्यक बहुमत नपुग्ने भएकाले कांग्रेस नेतृत्वकै सरकारलाई निरन्तरता दिने तयारी भइरहेको नेताहरूले बताएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय