काठमाडौँः भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा ५७ वर्षीय हिरालाल पासवान मृत भेटिएका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता दीपककुमार कार्कीका अनुसार पासवान आफू बस्ने कोठाको पंखामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ । पासवान थापाथलीस्थित सुकुमवासी बस्तीमा बस्दै आएका थिए ।
सरकारले बस्तीका टहरा भत्काएपछि उनी पछिल्लो समय होल्डिङ सेन्टरमा बस्दै आएका थिए ।






