काठमाडौं, भदौ १९ –
अमेरिकी सरकारद्वारा दुईवटा ‘एम–२८ स्काइ ट्रक’ विमान नेपाली सेनालाई हस्तान्तरण गरिएको छ। बुधबार काठमाडौंमा आयोजित विशेष समारोहमा अमेरिकाका राजदूत डिन आर. थम्पसनले औपचारिक रूपमा विमान हस्तान्तरण गर्दै यो सहयोग दुवै देशबीचको दीर्घकालीन मित्रताको प्रतीक भएको बताए।

उक्त कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, रक्षा मन्त्री मानवीर राई र प्रधान सेनापति अशोकराज सिग्देललगायतको उपस्थिति थियो। कार्यक्रममा मन्त्री राणाले नेपाल–अमेरिका सम्बन्ध आपसी विश्वासमा आधारित रहेको उल्लेख गर्दै प्रजातान्त्रिक अभ्यास, मानवतावादी सहयोग, विपद् व्यवस्थापन तथा शान्ति स्थापनामा अमेरिका नेपालको भरपर्दो साझेदार बनेको बताइन्।

‘स्काइ ट्रक’ विमानलाई विपद् उद्धार, राहत सामग्री ढुवानी तथा एयर एम्बुलेन्सको रूपमा समेत प्रयोग गर्न सकिनेछ। छोटो धावनमार्गमै उडान र अवतरण गर्न सक्ने क्षमताका कारण नेपालजस्ता भौगोलिक विविधता भएको देशमा यस प्रकारका विमान उपयोगी हुने अपेक्षा गरिएको छ।

यसअघि पनि अमेरिकी सहयोगमा नेपाली सेनाले स्काइ ट्रक विमान प्राप्त गरिसकेको थियो। नयाँ विमान थपिएसँगै सेनाको उद्धार तथा मानव सेवा क्षमतामा उल्लेखनीय वृद्धि हुने बताइएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय