
गोरखा – पालुङटार नगरपालिका उपाध्यक्ष सुशिला श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेकी छन्। उनले माओवादी मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियानको क्रममा पार्टीमा फर्किएको बताइन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई सोमबार स्वागत गरे।
श्रेष्ठले आफ्नो अनुभवका आधारमा नेसपाबाट जनताको लागि ठोस काम गर्न नसकिएको महसुस गरेकी थिइन्। उनले माओवादी केन्द्रलाई आफ्नो पुरानो घरको रूपमा लिएर अब जनताको हितमा समर्पित भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्।
अध्यक्ष प्रचण्डले श्रेष्ठको फर्किनुले पार्टी संगठन थप सबल हुने विश्वास व्यक्त गर्दै अन्य नेताकार्यकर्तालाई पनि पुरानै घर फर्किन अपिल गरे।






