सिन्धुली – माओवादी केन्द्रका वरिष्ठ नेता राजन दाहालले ३० वर्षभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय रहँदै जेलनेल अनुभव गरेका छन् भने पछिल्ला २५ वर्षदेखि पार्टी नेतृत्व तहमा रहेर राष्ट्र र जनताप्रति उत्तरदायी भई क्रान्ति, परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्तिमा सक्रिय भूमिका निभाउँदै आएको बताएका छन्।

दाहालका अनुसार, उनले आफ्नो राजनीतिक यात्रा अवधिभर आधारभूत वर्गको सेवा र सुरक्षा सुनिश्चित गर्दै, सकेसम्म राम्रो गर्ने र नराम्रो नगर्ने, घुस नखाने र घुस नदिएर पनि काम नलगाउने सिद्धान्तमा काम गर्दै आएको अनुभव छ। उनले सिन्धुली जिल्ला र त्यसमार्फत राष्ट्रिय राजनीतिमा सकारात्मक योगदान पुर्‍याएको उल्लेख गर्दै आफ्नो कार्यकालमा बदनाम नहुने अनुभूति भएको बताए।

उनले निर्वाचनका क्रममा गरेका वाचाहरू पूरा गर्ने प्रतिवद्धता अनुरूप निरन्तर काममा लागिपरेको बताए। केही विकास कार्यक्रमहरू पूरा भइसकेका छन् भने केही निर्माणाधिन छन् र केही कार्यहरू शुरूवातको चरणमा रहेका छन्। दाहालले अल्पकालीन र दीर्घकालीन योजनाहरू निर्माण गरी जनताको समृद्धि र विकास सुनिश्चित गर्ने जीवनपर्यन्त प्रतिबद्धता रहेको बताए।

उनले स्पष्ट पारे, “पदमा रहे वा नरहे पनि मेरो समर्पण, सेवा र प्रतिबद्धता निरन्तर रहनेछ। पदमा हुँदा काम केही सहज हुने भए पनि, पद नभए पनि मेरो लक्ष्य सदैव जनताको हित र राष्ट्रको प्रगति हो। पदको फरक केवल कामको सहजता हो।”

राजन दाहालले आफ्नो राजकीय, सामाजिक र पार्टी सत्ताको अधिकतम सदुपयोग गर्दै उत्साह, ऊर्जा र क्रान्तिकारी आशावादका साथ जनताको सेवा र सुरक्षा सुनिश्चित गर्न हाजिर रहने प्रतिवद्धता पनि व्यक्त गरे।

Screenshot

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय