काठमाडौं, भदौ १८ — विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिलाउन गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

बिहीबार निर्वाचन आयोगमा आयोजित छलफल कार्यक्रममा मन्त्री अर्यालले सर्वोच्च अदालतको आदेशलाई यसपटक कार्यान्वयनमा ल्याउने आफ्नो प्राथमिकता रहेको स्पष्ट पारे। उनले भने, “समानुपातिक प्रणालीमार्फत भए पनि विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था गर्न म स्वयं लाग्नेछु।”

उनका अनुसार विगतका निर्वाचनहरूमा मताधिकारबाट वञ्चित हुँदै आएका नेपाली नागरिकहरूको माग अहिले थप तीव्र बनेको छ। त्यसैले अबको निर्वाचनमा विदेशमा रहेका लाखौं नेपालीलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी गराउन सम्भव सबै प्रयास गरिने उनले बताए।

यस कदमलाई विशेषज्ञहरूले ऐतिहासिक सम्भावना भएको टिप्पणी गरेका छन्। निर्वाचन आयोगसँगको सहकार्यमा प्राविधिक र कानुनी तयारी अघि बढाइने अपेक्षा गरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय