काठमाडौं । सत्तारूढ दल माओवादी केन्द्रका नेता तथा पूर्व सांसद राजन दाहालले हालको राजनीतिक अस्थिरताको अन्त्य गर्न संसदभन्दा बाहिरका विज्ञहरूको नेतृत्वमा मन्त्रिपरिषद् गठन गर्ने र प्रत्यक्ष कार्यकारी प्रणालीमा जाने प्रस्ताव अघि सारेका छन्।

उनका अनुसार, आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने तयारीलाई पुनर्विचार गरी प्रत्यक्ष कार्यकारी निर्वाचन तर्फ राष्ट्रिय सहमति गर्न सके संविधान संशोधनमार्फत दीर्घकालीन राजनीतिक स्थायित्व स्थापना गर्न सकिन्छ।

दाहालले भने, “हामीले संसद पुनःस्थापना गरेर संविधान संशोधन गर्ने र त्यसपछि प्रत्यक्ष कार्यकारीको निर्वाचनमा जाने सहमति गर्न सक्यौं भने देशलाई स्थिर र जिम्मेवार सरकार दिन सकिन्छ।”

उनले हाल देखिएको राजनीतिक द्वन्द्व र नेतृत्व संकट समाधानका लागि पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा संवैधानिक सरकार गठन गर्न सकिने उल्लेख गरे। उनका अनुसार, यस्तो सरकारले संक्रमणकालीन अवस्था अन्त्य गर्दै सबै दलबीच विश्वास जगाउने वातावरण निर्माण गर्नेछ।

दाहालले थपे, “यो अवसरमा हामीले जेन–जेड विद्रोहको मुद्दा संविधानमै संस्थागत गर्न सक्ने ऐतिहासिक मौका पाएका छौं। नयाँ पुस्ताको आवाजलाई संवैधानिक आधार दिएर लोकतन्त्रलाई सशक्त बनाउने बाटो यसैबाट खुल्छ।”

उनका अनुसार, लिखित सहमति भएर संसद पुनःस्थापना गरिएपछि संविधान संशोधन गर्ने र त्यसपछि प्रत्यक्ष कार्यकारी निर्वाचनमा जानु नै देशको हितमा हुनेछ।

Screenshot

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय