असोज २६ गते, आईतबार, नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुनको मूल्यमा प्रतितोला ३ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्यले भने तोलामा ४० रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको छ । आईतबारको बजारमा चाँदी प्रतितोला तीन हजार १२५ रुपैयाँमा खरिदबिक्री भईरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला तीन हजार ८५ रुपैयाँमा खरिद बिक्री भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय