र्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भइसकेको छ।

‘उहाँहरूमाथि सम्पत्ति शुद्धीकरण अभियोगमा अदालतबाट पक्राउ पुर्जी लिइएको छ, यसबारे आवश्यक प्रक्रिया अघि बढेको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो।

देउवा दम्पती स्वास्थ्य उपचारको सिलसिलामा हङकङमा छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय