ललितपुर जिल्ला अदालतले कांग्रेस नेता धनराज गुरुङकी पत्नी ज्योती गुरुङलाई सवुतसहित प्रतिउत्तर पेश गर्न आदेश दिएको छ।

मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएकी गुरुङलाई २१ दिनको समय दिएर सूचना जारी गरिएको हो। अदालतले तीनपुस्ते विवरण नै खुलाएर धनराज गुरुङकै पत्नी ज्योती भन्दै खुलाइएको छ।

म्यादभित्र उपस्थित नभई म्याद गुजारी बसे मुद्दा कानुन बमोजिम हुने र पछि कुनै उजुर नलाग्ने पनि सूचनामा उल्लेख छ।

बेलायती र भारतीय सेनामा काम गरेका पूर्वसैनिकहरु मिलेर खोलेको सो सहकारीको साढे १२ करोड हिनामिना गरेको आरोप छ। उनलाई पूर्वकर्मचारीहरु ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाले सघाएको सहकारीका पदाधिकारीको दाबी छ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय