विदुर नगरपालिकाको बजेट एक अर्ब १६ करोड ६२ लाख ५० हजार १८० रुपैयाँ
विदुर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सर्वसहमत रुपमा पारित भएको छ ।
बुधवार वसेको नगरपालिकाको १९औँ नगरसभाको पहिलो बैठकमा नगरप्रमुख राजन श्रेष्ठले पेश गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र सोही आधारमा नगरउपप्रमुख प्रभा बोगटीले ल्याउनुभएको आगामी आर्थिक वर्षको अनुमानित एक अर्ब १६ करोड ६२ लाख ५० हजार १८० रुपैयाँ आयव्याय सहितको योजना तथा कार्यक्रम एंव बजेट नगरसभाबाट सर्वसम्मत रुपमा पारित भएकाे हो ।
सो अवसरमा नगरप्रमुख श्रेष्ठले चालु आर्थिक वर्षको उत्कृष्ट कर्मचारीलाई सम्मान तथा सेवा निवृत्त कर्मचारीलाई सम्मान सहित बिदाई गरिएको छ ।






