काठमाडौं  ः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

मध्यरातिदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २० रूपियाँ, डिजेलमा ३० रूपियाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपियाँले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गएरातिदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको हो।

यसैगरी, अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौंका लागि बिक्री मूल्य प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय