काठमाडौँःसभापति समीक्षा बास्कोटाल बिनु यादव र निहारिका राजपुतलाई गृहमन्त्रीसँग भेट गर्ने वातावरण मिलाउन गृहमन्त्रालयलाई आग्रह गरेकी छन् । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै सभापति बास्कोटाले नागरिकले आफ्ना समस्या र माग सम्बन्धित मन्त्रीसमक्ष राख्न पाउनुपर्ने बताइन् ।

उनले बिनु र निहारिकाले उठाएका विषयमा गृह मन्त्रालयसँग समन्वय गरी आवश्यक पहल गर्न आग्रह गरेकी हुन् । विगतदेखि नै न्यायको माग गर्दै आएकी निहारिका र अधिकारकर्मी बिनु शनिबार गृहमन्त्रीसँग भेट गर्न नपाएको भन्दै सिंहदरबारको दक्षिण गेटमा धर्ना बसेका थिए । प्रहरीले उनीहरूलाई हटाएको थियो । सभापति बास्कोटाले नागरिकता समस्या, उपसाहकोट पहिरोपीडितको व्यवस्थापन, सप्तरी कारागारको समस्या लगायतका विषयमा समितिले सम्बन्धित निकायसँग समन्वय गर्ने बताइन् ।

बैठकमा उनले बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार, शिक्षा, स्वास्थ्य र पोषणको अवस्था सुधार गर्न सरकारलाई ध्यान दिन आग्रह गरिन् । क्षमताभन्दा बढी बालबालिका रहेका सुधार गृहको अनुगमन गरी समस्या समाधान गर्नुपर्ने उनको भनाइ थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय