काठमाडौँःसरकारले वस्तु तथा सेवा खरिद गर्दा बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्न दैनिक र पाक्षिक नगद उपहार योजना लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार अब बिल लिने उपभोक्तामध्ये हरेक दिन एक जनाले १ लाख ३३ हजार ३४ रुपैयाँ र महिनामा दुई जनाले जनही १० लाख रुपैयाँ जित्नेछन् ।

अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गर्दै योजना लागू गरेको हो । १०० रुपैयाँभन्दा बढीको खरिदमा वैध बिल लिने उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्नेछन् । डिजिटल भुक्तानीका कारोबार स्वतः समावेश हुनेछन् भने नगद वा अन्य माध्यमबाट खरिद गर्नेले बिलको विवरण आन्तरिक राजस्व विभागको पोर्टल वा मोबाइल एपमा प्रविष्ट गर्नुपर्नेछ । व्यापारिक प्रयोजनका खरिद, सरकारी निकायका बिल, विद्युत्, टेलिफोन, इन्टरनेट, हवाई टिकटलगायतका बिल भने कार्यक्रममा समावेश हुने छैनन् ।

विजेता विभागीय प्रणालीबाट स्वचालित रूपमा छनोट हुनेछन् । उपहार दाबी गर्न विजेताले १५ दिनभित्र आवश्यक कागजातसहित आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्नेछ । उपहार रकममा २५ प्रतिशत कर कट्टी हुनेछ भने समयमै दाबी नभए रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय