काठमाडौँःकाठमाडौंको कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी हुँदा कारभित्र रहेका एक जनाको जलेर मृत्यु भएको छ ।
मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ मा बा ५ च ३०३८ नम्बरको कारमा आगलागी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीले जनाएको छ । प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।






