काठमाडौँःचितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षामा खटिएको नयाँ गोरख गणको संयुक्त टोलीले बन्दुक र गोलीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरू नवलपुरको मध्यविन्दु नगरपालिका–३ स्थित ब्रह्मस्थानघाटबाट जेठ २३ गते नियन्त्रणमा परेका हुन् । पक्राउ पर्नेमा मध्यविन्दु नगरपालिका–१ सेतोपानीका ६८ वर्षीय खडगनारायण चौधरी र चितवनको इच्छाकामना गाउँपालिका–५ फुर्केडाँडाका ५२ वर्षीय टेकबहादुर मगर रहेका छन् । उनीहरूको साथबाट एक थान कार्तोस बन्दुक र त्यसमा प्रयोग हुने गोली बरामद गरिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरू एकसिंगे गैँडा मार्ने उद्देश्यसहित निकुञ्ज क्षेत्रमा प्रवेश गरेको खुलेको छ । त्यसपछि जेठ २४ गते खडगनारायण चौधरीको घरमा गरिएको खानतलासीका क्रममा बाघको दाँतजस्तो देखिने सात थान ओखेटोपहार, एक थान माउजर बन्दुक, गोलीगठ्ठा तथा भारतीय पाँच सय रुपैयाँका १३६ वटा नोट बरामद गरिएको छ ।

घटनामा संलग्न दुवै जनाविरुद्ध साउन ४ गते नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता गरिएको छ । उनीहरूमाथि एकसिंगे गैँडा मार्ने उद्योग तथा ओखेटोपहार खरिद–बिक्रीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय