काठमाडौँः अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

मंगलबार बिहान करिब ९ः३० बजे पहिरो खसेपछि उक्त सडकखण्डमा सवारी आवागमन रोकिएको हो । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको छ । पहिरो हटाउने तथा सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

अरनिको राजमार्ग अवरुद्ध भएपछि नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानीबाट हुने आवतजावत तथा सामान ढुवानीसमेत प्रभावित भएको छ । सडक खुलाउन सम्बन्धित निकायले आवश्यक काम अघि बढाइरहेको जनाइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय