काठमाडौँः प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ ।
भेटमा तराई–मधेशको पछिल्लो सुरक्षा अवस्था, सुनसरी घटनापछि उत्पन्न परिस्थितिबारे गृहमन्त्री गुरुङले प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । गृहमन्त्री आफैं मधेश पुगेर स्थलगत रूपमा खटिएकाले त्यहाँको अवस्थाबारे ब्रिफिङ गरेका हुन् । छलफलमा आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे पनि सामान्य छलफल भएको बताइएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ भने घटना अन्य जिल्लामा फैलिँदा सिरहामा समेत एक जनाको मृत्यु भएको थियो ।
स्थिति नियन्त्रणमा लिन नेपाली सेना समेत परिचालन गरिएको थियो ।






