काठमाडौँः भोलि भदौ २९ गते बिहान ५ बजेदेखि ७ बजेसम्म ललितपुरका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार पाटन सबस्टेशनको ६६ केभी बसबार मर्मतसम्भार गर्न उक्त समयका लागि पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो । सटडाउनका कारण पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति भइरहेका ललितपुरका अधिकांश क्षेत्रमा सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ । मर्मतसम्भार निर्धारित समयभन्दा अगावै सम्पन्न भए विद्युत् आपूर्ति सोहीअनुसार नियमित गरिनेछ ।

प्राधिकरणले विद्युत् अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय