काठमाडौँ । सञ्जय राईको डेब्यु निर्देशनमा बन्ने सिनेमा ‘एक्का मिस्सी बादशाह’ को लागि कलाकार आह्वान गरिएको छ । निर्माण टिमले एक पोस्टरमार्फत सिनेमाका लागि दुई मुख्य पुरूष कलाकार आह्वान गरेको हो ।सिनेमाको मुख्य भूमिकामा यसअघि नै अभिनेत्री साम्राज्ञी आरएल शाह अनुबन्धित भइसकेकी छन् । उनी सिनेमामा ‘आश’ पात्रको भूमिका देखिनेछिन् । निर्माण टिमले उनै साम्राज्ञीको अपोजिटमा काम गर्ने दुई मुख्य पुरूष कलाकारको खोजी गरेको हो ।
दुवै पात्रले पर्दामा जीवन्तता, गहिराइ र वास्तविक भावना उतार्न सक्ने कलाकारको खोजीमा रहेको र ती कुरामा पोख्त कलाकारले नै प्राथमिकता पाउने निर्माण टिमले बताएको छ । कलाकारबारे पोस्टरमा लेखिएको छ, ‘हामी यस्ता कलाकारहरूको खोजीमा छौं जसले पर्दामा जीवन्तता, गहिराइ र वास्तविक भावनाहरू उतार्न सकून्।’






