काठमाडौँः करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक बम्पर पुरस्कार घोषणा भएको छ ।
१६ देखि ३१ साउनसम्म गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन् । यस अवधिमा ३ लाख ५७ हजार १ सय ४९ वटा कारोबारका बिल उपहारका लागि अपलोड भएका छन् ।
यसअघि साउनको पहिलो १५ दिनमा ७ हजार ७७ वटा मात्रै बिल दर्ता भएका थिए ।






