काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणनामा उदयशमशेर राणाले अमरसिंह पुनलाई पछि पारेका छन्। प्रारम्भिक गणनामा पुन अगाडि रहे पनि पछिल्लो परिणाममा राणाले अग्रता बनाएका हुन्।

पछिल्लो पटक सार्वजनिक मतपरिणामअनुसार राणाले ७८३ मत प्राप्त गरेका छन् भने पुनले ६८७ मत पाएका छन्। उनीहरूबीच ९६ मतको अन्तर रहेको छ।

महामन्त्री पदकै प्रतिस्पर्धामा प्रदीप पौडेलले भने फराकिलो अग्रता कायम गरेका छन्। पौडेलले हालसम्म १ हजार ३७० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सुनिल शर्माले ५३९ मत पाएका छन्।

यस पदमा गुरुराज घिमिरे, शंकर तिवारी र डा. सन्तोष उपाध्याय पनि प्रतिस्पर्धामा छन्। कांग्रेसको निर्वाचन व्यवस्थाअनुसार खुलातर्फ दुई जना र महिलातर्फ एक जना महामन्त्री निर्वाचित हुनेछन्।

अन्य पदको मतगणना पनि जारी

कांग्रेस निर्वाचन समितिले शनिबार रातिदेखि उपसभापति र महामन्त्री पदका उम्मेदवारको मतगणना सुरु गरेको थियो।

निर्वाचन समितिका अनुसार सहमहामन्त्रीको महिला र खुला समूहको मतगणना बिहान ११ बजेदेखि सुरु गरिएको छ। आदिवासी जनजाति समूहका सहमहामन्त्री पदका उम्मेदवारको मतगणना भने मध्याह्नपछि सुरु गरिएको जनाइएको छ।

मतगणना जारी रहेकाले उम्मेदवारहरूको मतपरिणाममा थप फेरबदल हुन सक्नेछ। अन्तिम नतिजाले कांग्रेसको आगामी नेतृत्वमा कुन समूहको प्रभाव बलियो हुन्छ भन्ने स्पष्ट पार्नेछ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय