काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्य तीव्र पारिएको बताएका छन्।
आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको बैठकपछि मन्त्री गुरुङले राहत सामग्रीसहित उद्धार कार्य जारी रहेको जानकारी दिएका हुन्।
बाढीका कारण जलविद्युत् आयोजनामा क्षति पुगेपछि प्रभावित क्षेत्रमा सौर्य ऊर्जामार्फत विद्युत् र टेलिफोन सेवा सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए।
आइतबार बिहान आएको बाढीले बूढीगण्डकी नदी आसपासका बस्तीमा ठूलो क्षति पुर्याएको छ।








