तनहुँ । जिल्ला निर्वाचन कार्यालय तनहुँले दोहोरो नामावली भएका २ हजार २२० मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ।

जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार दोहोरो रूपमा दर्ता भएका मतदाताको नाम पहिचान गरी नामावली अद्यावधिक गर्ने क्रममा उक्त संख्यामा नाम हटाइएको हो।

कार्यालयले भानु, शुक्लागण्डकी, व्यास र भिमाद नगरपालिका तथा ऋषिङ, आँबुखैरेनी, बन्दीपुर, घिरिङ, म्याग्दे र देवघाट गाउँपालिकामा रहेका दोहोरो नामावली हटाएको जनाएको छ।

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा तनहुँमा २ लाख ५४ हजार ३९७ मतदाता कायम भएका थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय