काठमाडौं । काठमाडौंको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–७ निवासी ३६ वर्षीय निशान दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ निवासी ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन्।

विद्यालय परिसरमा प्रधानाध्यापकमाथि कुटपिट भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार दाहालले विद्यालयमा कार्यरत एक महिला शिक्षकमाथि अपशब्द प्रयोग गर्ने तथा धाकधम्की दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घिमिरेको निर्देशनमा दाहालले प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपपछि दुवै जनालाई नियन्त्रणमा लिइएको उनले बताए।

प्रहरीले उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। अनुसन्धानका लागि अदालतबाट चार दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय